माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग एक सय शुल्क लिने, सुरक्षाको जिम्मा लिने

पाेखरा | कात्तिक १०, २०८०

माछापुच्छ्रे  गाउँपालिकाले पर्यटकसँग एक सय शुल्क लिने, सुरक्षाको जिम्मा लिने

पोखरा:  कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले गाउँपालिका भित्रका पर्यटकीय पदमार्गहरु भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट शुल्क उठाउने निर्णय गरेको छ । 


गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै पर्यटकीय पदमार्गहरुको भ्रमण गरे बापत आन्तरिक तथा बाह्य पर्यटकबाट रु १ सय र ५ सय शुल्क उठाउने निर्णय गरेको हो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने पदमार्गमा स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैया शुल्क उठाउने निर्णय गाउँ कार्यपालिकाको बैठकले निर्णय भएको छ ।’

 


गाउँपालिकाले पर्यटकबाट उठाएको शुल्कबाट पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्ने, सूचना केन्द्र स्थापना गर्ने, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगाएतका काम गर्न शुल्क लिन लागेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

पोखरा:  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।    बुद्धटोल युवा...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

थप पढ्नुहोस्

पोखरा:  जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...

थप पढ्नुहोस्